स्थानीय तहको अधिकार कार्यान्वयन माग गर्दै जनमत पार्टीको माइतीघरमा प्रदर्शन
जेष्ठ, २४ काठमाडौं । जनमत पार्टी ले स्थानीय तहको अधिकार र स्वायत्तता पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा भएको प्रदर्शनमा ‘कांग्रेस–कम्युनिस्टले ठगे’, ‘बालेन, नठग’, ‘स्वायत्तता दिने वाचा पूरा गर’, र ‘स्थानीय सरकारलाई अधिकार दे’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।
प्रदर्शनकारीहरूले संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक प्रणालीअनुसार स्थानीय तहलाई अधिकार, स्रोत–साधन र निर्णय गर्ने क्षमता पूर्ण रूपमा प्रदान गर्नुपर्ने माग गरेका छन्। उनीहरूले चुनावका बेला राजनीतिक दलहरूले गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको आरोप पनि लगाएका छन्।
उनीहरूले संघीयताको मर्मअनुसार स्थानीय सरकारलाई बलियो बनाउँदै जनउत्तरदायी शासन प्रणाली सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। सहभागीहरूले स्थानीय तहको अधिकार कटौती नगर्न र संघीय संरचनालाई प्रभावकारी रूपमा लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
जनमत पार्टीले आफ्ना मागप्रति सम्बन्धित निकायले बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।





प्रतिक्रिया दिनुहोस्