एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा खतिवडा निर्वाचित
काठमाडौं, २४ जेष्ठ । एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको उन्नति र व्यावसायिक सुशासनका लागि भन्ने मूल नाराका साथ ललितपुरको प्रिमियर इन्टरनेसनल स्कूलमा शनिबार भएको सभाले आगामी कार्यकालको लागि नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ ।
सभाबाट अध्यक्षमा कुमार प्रसाद खतिवडा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा हरिन्द्र राज घिमिरे, महासचिवमा केशव राज लम्साल, सचिवमा भुमीराज आचार्य, कोषाध्यक्षमा ज्ञान कृष्ण श्रेष्ठ, सह कोषाध्यक्ष्माा शर्मिला मुनिकार निर्वाचित भएका छन् ।
सदस्यहरुमा सानुबाबु न्यौपाने, राधाकृष्ण भण्डारी, ममता आचार्य, सुनिल रिजाल, दुर्गा देवी डंगोल, रामचन्द्र रुपाखेती, सुजता क्षेत्री निर्वाचित भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ ।
सभालाई सम्बोेधन गर्दै नवनिर्वाचित अध्यक्ष कुमार प्रसाद खतिवडाले द्रुत रूपमा विकसित भइरहेको नेपालको अर्थतन्त्रमा सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण रहेको औल्याए । यसले परम्परागत लेखा र रणनीतिक नेतृत्वबीचको खाडल पुर्दै लागत कटौती, जोखिम व्यवस्थापन र व्यावसायिक वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । आर्थिक समृद्धिको लागि बैधानिक लागत लेखापरीक्षणको कानून तयारगरि नियामक संस्था स्थापना आवश्यक भएको बताए । यसका लागि कानूनी र प्रक्रियागत कामहरु धेरै अघि बढीसकेको जानकारी उनले दिए ।
संस्थाको सांगठनिक सुदृढीकरण र व्यावसायिक मर्यादालाई अझ उचाइमा पु¥याउने उद्देश्यले आयोजित यस साधारण सभाले संस्थाको आगामी कार्यदिशा तथा व्यावसायिक सुशासनका विषयमा महत्वपूर्ण छलफल गरेको संस्थाले जनाएको छ । नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन योग्यता भएका दक्ष जनशक्ति अपरिहार्य बनेको बेला संस्थाको भूमिका महत्वपूर्ण हुने संस्थाले विश्वास लिएको छ ।
साथै, सभामा नेपालको बजेट निर्माण गर्न, पब्लिक कम्पनिका कामहरु, सार्वजानिक सरोकारका लागत निर्धारण गर्ने लगायत अति महत्वपूर्ण लागत लेखापरिक्षण ऐन समेतको महत्व बारे प्रकाश पारिएको थियो ।
उक्त साधारण सभामा संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू तथा सरोकारवालाहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्