३३ एसएसपीको सरुवा, मापदण्डविपरीत भएको आरोप

जेष्ठ, २२ काठमाडौं ।नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार साँझ एसएसपी सरुवाको सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावलीअनुसार एसएसपी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) स्तरका सरुवाको अधिकार गृहमन्त्रीको हुन्छ।

तर हाल गृह मन्त्रालयमा विभागीय मन्त्री नरहेकाले प्रधानमन्त्री बालेन शाहले नै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

यसैबीच सार्वजनिक सरुवा सूची सरुवा मापदण्ड विपरीत भएको पाइएको छ। सूचीको २६ नम्बरमा रहेका एसएसपी शान्तिराज कोइरालाको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा गरिएको छ।

सरुवा प्रक्रियामा पारदर्शिता र मापदण्ड पालन नभएको भन्दै सरोकारवाला निकायभित्र प्रश्न उठ्न थालेको स्रोतहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्