सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै विद्यार्थीहरूको प्रदर्शन
जेष्ठ, २२ काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस का विद्यार्थीहरूले उक्त अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट हुन आह्वान गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनकारी विद्यार्थीहरूले “राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौँ”, “देशको सीमा र स्वाभिमान हाम्रो प्राण” र “हाम्रो भूमि हाम्रो शान” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
विद्यार्थी मनोज भण्डारीले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति देशको गरिमा विपरीत रहेको भन्दै त्यसको विरोध गरिएको बताए। उनले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग राखे।
प्रदर्शन शान्तिपूर्ण रूपमा गरिएको र विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम गरेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्