कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण ।
जेष्ठ, २१ काठमाडौं । कामना सेवा विकास बैंकले श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय
सालझण्डी मार्फत सैनामैना नगरपालिका– १०, रुपन्देही स्थित विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको हो ।
बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबुआचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेकाहुन । स्वच्छ विद्यालय, स्वस्थ विद्यार्र्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन अत्यन्त आवश्यक विषय रहेको तथा विद्यालयमा वितरण गरिएका डस्टबिनहरूले विद्यार्र्थीहरूमा सरसफाइको संस्कार विकास गर्न, वातावरणीय सचेतना अभिवृद्धि गर्न तथा विद्यालय परिसरलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रधानाध्यापक थापाले व्यक्त गर्नुभएको छ ।
आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न समुदायका विद्यार्र्थीहरू अध्ययनरत विद्यालयहरूमा यस्ता आधारभूत सरसफाइ सामग्रीको अभाव रहने भएकाले डस्टबिन वितरण कार्यक्रमले विद्यालयको सरसफाई व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास बैंकका बुटवल प्रदेश प्रमुख आचार्यले व्यक्त गर्नुभएको छ । स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुँदा विद्यार्र्थीहरूको सिकाइ उपलब्धि, अनुशासन तथा आत्मविश्वासमा समेत सकारात्मक प्रभाव पर्नेभएकोमा प्रधानाध्यापक थापाले यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिनेछ ।




प्रतिक्रिया दिनुहोस्