नेपालको पुरुष टोली एसियन गेम्स २०२६ का लागि छनोट

जेष्ठ, १९ काठमाडौं ।  समूह ‘ए’ मा चीन दुवै खेलमा पराजित भएपछि बाहिरिएसँगै नेपाल र मलेसियाले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह विजेताका लागि अब नेपाल र मलेसिया बिहीबार प्रतिस्पर्धा गर्नेछन्।

सिंगापुरमा जारी छनोट चरणमा सेमिफाइनलमा पुगेका चार टोली एसियन गेम्समा छनोट हुने प्रावधान छ। अर्को समूहमा हङकङ, ओमान, सिंगापुर र बहराइनमध्ये दुई टोलीले एसियन गेम्समा स्थान पाउनेछन्।

चार टोलीले छनोट चरण पार गरेपछि कुल ६ टोली भने यसअघि नै एसियन गेम्समा पुगेका छन्। आयोजक जापान स्वतः छनोट भएकाले, आइसिसी वरीयता अनुसार साविक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान पनि छनोटमा परेका छन्।

यसरी, २०२६ को एसियन गेम्समा कुल १० टोली प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सेप्टेम्बरमा जापानको नागोया र आइचीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्