टिकटकर तुल्सा अधिकारी पक्राउ,के थियो उनको मुद्दा

काठमाडौं, १७ जेष्ठ। टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । अधिकारी भने फरार थिइन् ।ञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका हुन् । साउन २४ गते परेको जाहेरीमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि तुलसा भागेर चीन पुगेको सातदोबाटो प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार तुलसाले आफूलाई ब्ल्याकमेलिङ गरेर साढे ४ करोड रुपैयाँ र ठूलो परिमाणमा ज्वैलरीसमेत लिएको चिमोरियाले आरोप लगाएका छन् । ‘आपसी सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणीमा फसाइदिने भनेर धम्क्याउँदै पटक पटक पैसा र गरगहना लिएको अनुसन्धानबाट देखिन्छ,’ प्रहरी स्रोतले भन्यो । तुलसामाथि सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी परेको थियो । विभागले उक्त उजुरी पनि सातदोबाटो प्रहरीलाई फरवार्ड गरेपछि यसमा पनि अनुसन्धान सुरु भएको छ ।

अनुसन्धानबाट तुलसासँग अवैध सम्पत्ति रहेको आधारहरू देखिएको प्रहरीको दाबी छ । स्रोतले भन्यो, ‘हाम्रो अनुसन्धानमा उहाँले अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिन्छ । २० करोडभन्दा बढीको ट्रान्जेक्सन र एक करोडभन्दा बढी बैंक ब्यालेन्स पाइएको छ । उहाँको कुल सम्पत्तिको हिसाब १६र१७ करोड हुन आउँछ ।’

तुलसामाथि ठगी र अनुचित लेनदेनसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा अदालत लैजाने तयारी प्रहरीले गरेको छ । अदालतमा मुद्दा दायर भएपश्चात् उनलाई इन्टरपोलमार्फत नेपाल झिकाउने प्रक्रिया प्रहरीले सुरु गर्ने छ ।

यता, तुलसाले भने चीनबाटै भिडिओहरू बनाएर आफूमाथि प्रहरीले बदनियत राखेको भन्दै न्यायको याचना गरेकी छन् । आफू नेपालमा छँदा प्रहरीले छलफलका लागि समेत नबोलाएको र चीन आएपछि मात्रै पक्राउ पुर्जीको बारेमा थाहा पाएको उनको दाबी छ । तुलसाले भनेकी छन्, ‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि अन्य स्रोतबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा उहाँहरूले जाहेरी नै देखाउन मान्नुभएन । पछि एक जना वकिल हायर गरेर मुद्दाको सामना गरिरहेको छु ।’
तुलसाले अदालतमा मुद्दा दायर भएर छिटो किनारा लाग्ने अवस्था देखिएमा नेपाल फर्किन तयार रहेको बताएकी छन् । तर, प्रहरीले आफूलाई दुख दिने मात्रै नियत राखेको उनको गुनासो छ ।

आफ्नो सबै सम्पत्ति रोक्का गरिएको, तलासीका नाममा आफ्नो शोरुमबाट बहुमूल्य सामानहरू प्रहरीले जफत गरेर लगेको, आफू नजिकका मान्छेहरूलाई अनाहकमा दुस्ख दिइएको उनले बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्