अर्थमन्त्रीहरूले साँझ ४ बजे बजेट प्रस्तुत गर्ने परम्परा किन? बजेट भाषण आज पनि सोही समयमा

जेठ, १५ काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा अर्थमन्त्रीहरूले बजेट भाषण सामान्यतया दिउँसो ४ बजे प्रस्तुत गर्ने परम्परा बस्दै आएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि आज दिउँसो ४ बजे संयुक्त सदनमा प्रस्तुत हुने गरी बैठक आह्वान गरिएको छ।

जानकारहरूका अनुसार बजेट प्रस्तुत गर्ने समय साँझतिर सारिनुको पछाडि कुनै स्पष्ट वा ठोस कारण भने देखिँदैन। यस विषयमा प्रिबजेट छलफलका क्रममा प्रतिनिधिसभाको अर्थ समितिमा सांसदहरूले प्रश्न उठाएका थिए।

सो क्रममा अर्थमन्त्री वाग्लेले राति अबेरसम्म बजेट लेखनको काम चल्ने भएकाले त्यसपछि आराम गर्नुपर्ने कारणले समय व्यवस्थापन मिलाइएको संकेत गरेका थिए। उनले भनेका थिए, “राति २/३ बजेसम्म पनि बजेट लेखनकै काममा खटिनुपर्छ, त्यसपछि सुत्न जाने हो।”

प्रतिक्रिया दिनुहोस्