काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि इरान र कजाकिस्तान भिड्दै

जेठ, १५ काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल दिउँसो ४:३० बजे सुरु हुने तालिका छ।

सेमिफाइनलमा इरानले घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने कजाकिस्तानले भारतलाई समान ३–० सेटमा हराउँदै उपाधि नजिक पुगेको हो।

यसअघि नै सेमिफाइनलबाट बाहिरिएको नेपालले आज तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल दिउँसो १ बजे सुरु हुने छ, जहाँ घरेलु टोली कांस्य पदक जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

प्रतिक्रिया दिनुहोस्