चिकित्सा शिक्षा आयोगको उपाध्याक्ष्म पदमा १० जनाको आवेदन

जेठ १५ , काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाले दरखास्त दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तोकेको समयावधिभित्र १० जनाको आवेदन परेको जनाएको छ।

उपाध्यक्ष पदका लागि यसअघि चार वर्षसम्म जिम्मेवारी सम्हालेका प्राडा श्रीकृष्ण गिरीले पनि पुनः आवेदन दिएका छन्। यस्तै, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेलले पनि दरखास्त पेश गरेका छन्।

समितिले प्राप्त आवेदनमाथि आवश्यक प्रक्रिया पूरा गरी योग्य उम्मेदवारको नाम सिफारिस गर्ने जनाएको छ। आयोगको उपाध्यक्ष पदलाई चिकित्सा शिक्षा क्षेत्रको महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्