रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा पुगे रविन्द्र ढाँट

जेठ १४, काठमाडौं । नेपाली एमएमए खेलाडी रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न क्वार्टरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।

प्रतिस्पर्धाका क्रममा रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थक एरेनामा पुगेका थिए। ‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्र रोड टु युएफसीमा प्रतिस्पर्धा जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन्।

अब उनले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच हुने प्रतिस्पर्धाको विजेतासँग खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्