सहकारी संस्थामा ठूलो अनियमितता: एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिएको खुलासा
जेठ १४, काठमाडौं । सहकारी संस्थाहरूले एउटै व्यक्तिलाई १४ करोड रुपैयाँसम्म ऋण दिएको खुलासा भएको छ। सहकारी वेथिति जाँचबुझ आयोगले गरेको अध्ययनका क्रममा यस्तो गम्भीर अनियमितता फेला परेको हो।
आयोगका अनुसार केही सहकारीहरूले एकै व्यक्तिलाई एकै दिन एक करोड रुपैयाँसम्म कर्जा प्रवाह गरेको समेत देखिएको छ। सो कर्जा वितरण प्रक्रियामा पारदर्शिता नदेखिएको र रकम विभिन्न कारोबारमार्फत टुक्र्याएर भुक्तानी गरिएको पाइएको छ।
आयोगको प्रतिवेदन अनुसार एक करोड रुपैयाँ कर्जा दिनका लागि एकै दिनमा ४९ लाख र ५१ लाख गरी दुई अलग कारोबारमार्फत भुक्तानी गरिएको ठहर गरिएको छ।
यस प्रकारका अभ्यासले सहकारी क्षेत्रको वित्तीय अनुशासन र नियामक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको आयोगले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्