एसियन गेम्स महिला टी-२० छनोट : नेपाल आज इन्डोनेसियासँग भिड्द
जेठ १४, काठमाडौँ । एसियन गेम्स महिला टी(२० क्रिकेट छनोटअन्तर्गत नेपालले आज विहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा चीनलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । उक्त जितसँगै समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा रहेको छ ।
आजको खेलमा पनि जित निकाल्दै नेपाल आफ्नो समूहमा शीर्ष स्थान बलियो बनाउने लक्ष्यमा हुनेछ ।




प्रतिक्रिया दिनुहोस्