छुम्बी लामालाई क्यानबाट फिर्ता बोलायो राखेप, प्रवक्ताको जिम्मेवारी पनि स्वतः निष्क्रिय

जेठ जेठ १३,काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो प्रतिनिधिका रूपमा नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्य बनाइएका छुम्बी लामालाई फिर्ता बोलाएको छ।

राखेपले सोमबार पत्राचार गर्दै लामालाई क्यानको पदेन सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको हो। लामालाई २०८० चैत २९ गते तत्कालीन सदस्य–सचिव टंकलाल घिसिङले क्यानको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। यसअघि पनि पूर्व सदस्य–सचिव रमेश सिलवालले उनलाई क्यानमा पठाएका थिए।

क्यानको विधानअनुसार राष्ट्रिय खेलकुद परिषद्ले दुई जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ।

राखेपको निर्णयसँगै क्यानका प्रवक्ताको भूमिका सम्हालिरहेका लामाको उक्त जिम्मेवारी पनि स्वतः निष्क्रिय भएको छ।

प्रतिक्रिया दिनुहोस्