विभिन्न ठाउँमा रातिदेखि नै वर्षा तराईमा तातो हावा

काठमाडौं, ८ जेष्ठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले काठमाडौंसहित बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

शुक्रबार बिहान काठमाडौंको टोखा, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, भक्तपुरको टथली, नाला, काभ्रेको पाँचखाल, ताप्लेजुङमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानाएको छ ।

गएको चौबीस घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा बढी ८१.६ मिलिमिटर वर्षा मापन भएको छ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि मध्यम र भारी वर्षा ‍मापन भएको छ।

शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागको केहि स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू(भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

 

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्