प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्षमा दरखास्त आह्वान
काठमाडौं, ७ जेष्ठ । सरकारले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्ष पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न दरखास्त आह्वान गरिएको छ ।
प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्षका लागि बिहीबार दरखास्त आह्वान भएको हो।
यी सबै पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ।
यी सबै पदमा जेठ १८ गतेभित्र दरखास्त दिन मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशित गरी जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्