कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्दै

काठमाडौं , ५ जेष्ठ । मुलुकमा मरेको भन्दै कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् ।

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिसनको नेतृत्वमा प्रदर्शन हुन लागेको हो ।

एसोसिएसनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष डा। विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिने छ ।

उनले भने, ‘अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?’

प्रतिक्रिया दिनुहोस्