सातवटै प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं, १ जेष्ठ । देशैभर पश्चिमी र स्थानीय वायुको प्रभाव हरको छ । आज सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायु तथा नेपालनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहको मौसम पूर्वानुमान महाशाखले जनाएको छ
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।











प्रतिक्रिया दिनुहोस्