आज राष्ट्रियसभाको पनि बैठक बस्दै

काठमाडौं, ३० बैशाख । संङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । मध्याह्न सवा १२ बजेबाट सुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८३–८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्