बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेज गरेकोमा बौद्धमार्गीहरुको आपत्ती, पुनर्विचार गर्न माग
काठमाडौं, २८ बैशाख । सरकारले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेज गरेकोमा बौद्धमार्गीहरुले आपत्ती प्रकट गरेका छन् ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बचाउ नागरिक अभियानले आज पत्रकार सम्मेलन आयोजना गरि सरकारको २०८२ चैत्र ३ गते सुशासन मार्गचित्र समितिले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिलाई खारेजको सिफारिस गरेकोमा बिभिन्न बौद्ध धार्मीक संघ संस्थाहरुले संस्थागत रुपमा आपत्ती प्रकट गरेका हुन् ।
बुद्धको देश नेपलमा रहेको बौद्धमार्गि समुदयसंग सम्बन्धित राज्यको एकमात्र सरकारी निकाय बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजीले नेपाल अधिराज्यभरी रहेका बौद्ध सम्पदा तथा बौद्ध शिक्षा संरक्षण, प्रवर्द्धन तथा विकासमा गम्भिर असर पर्ने भएको हुदा उक्त खारिजिको सिफारि कर्यन्वन नगरिदिनु हुन सरकारसँग माग गरेको हो ।
बौद्धमार्गी तथा अभियानका प्रवक्ता टेकराज तामाङ्गले बुद्ध जन्मभुमि नेपालमा एक मात्र नेपाल सरकार स्तरको निकाय बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति मात्र भएकाले खारेजीको प्रस्ताव माथि सरकारले पुर्नविचार गर्न माग गरे । सकारको यस्तो निर्णयले सरोकार संघ संस्था र बौद्ध धर्मवलम्वीहरुको ध्यानाकर्षण बताए । उनले यस्ता कार्यले बौद्धमार्गीहरुको भावना विपरित पुरात्तत्वमा बिलयको संकतले चिन्ता भएको बताए ।
अभियानका संयोजक ध्रुव बहादुर गुरुङ्गले हजारौं वर्ष पहिले देखी नै बौद्ध ग्रन्थ र राजा अंशुवर्माकी छोरी भृकुटीले दाइजोको रूपमा बज्रयानी बुद्ध मुर्ती तिब्बत पुर्याएको तथ्यबाट पनि पुष्टि भई अन्य मुलुकहरुमा लोकप्रिय भैरहेको बौद्ध धर्म नेपालमा भने बत्तीमुनिको अँध्यारो भने झैँ भएको बताए ।
उनले धर्म निरपेक्ष राष्ट्रमा अनाधिकृत वस्ति हटाउने क्रमर्मा बुद्धजयन्तीकै दिन डोजर लगाइ गुम्बा भत्काइनु बौद्ध धर्म माथि प्रहार भएको बताए । बौद्ध दर्शनको प्रवर्द्धन लुम्बिनी विश्वविद्यालयबाट नभइ गुम्बा, बिहार, बाहाबहीहरू मार्फत बौद्ध दर्शन, शिल, समाधी, आगम, अविषेक, धर्मदेसना, प्रज्ञा, पन्चशिल, आर्य अष्टांगिक मार्गजस्ता बौद्ध शिक्षा जनमानस सम्म पुर्याइ अभ्यास गराई प्रगतिशिल शान्ती र सभ्य नागरिक निर्माण गरिने बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजी हुन दु:खद विषय भएको उनको तर्कछ ।
बौद्ध मार्गीहरुले पुरात्तत्व विभागले १०० वर्ष भन्दा पुराना सम्पदाहरुको मात्र संरक्षण गर्ने भएको हुँदा गत वर्षसम्म यो समितिमा दर्ता भएका ३३६१ गुम्बाहरु मध्य २७२१ गुम्बा पुरात्तत्वको क्षेत्रभन्दा बाहिर पदर्छन् । तसर्थ साथै नेपालमा धार्मीक एबम साम्प्रदायिक सद्भाव, सहिष्णुता खल्बलीने खालका कुनै पनि निर्णय नेपाल सरकारले नगरोस् भनि चेतावनी समेत दिएका छन् ।












प्रतिक्रिया दिनुहोस्