एसईई को नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कति जीपीए ?
काठमाडौं, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई को नतिजा सार्वजनिक गरेको । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।
बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् ।
त्यस्तै, त्यसपछिको जीपीए ९३.२० देखि ३.६०० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।
२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।
५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २।४० देखि २।८० जीपीए ल्याएका छन् ।
जीपीए २.०० देखि २।४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २।०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।
पाप्त नतिजा अनुसार २ लाख ८४ हजार १ सय साठी जना पास भएका छन् । एनजी १४८६०७ रहेको छ । जम्मा ६५.९८ प्रशित विद्यार्थी पास भएका छन् ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।
यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना थिए ।












प्रतिक्रिया दिनुहोस्