सडक यात्रालाई सुरक्षित, व्यवस्थित र सहज बनाउन ट्राफिक प्रहरीको यस्ता छन् सुधारात्कम योजना

काठमाडौं, २७ बैशाख । काठमाडौं उपत्यकाको सडक यात्रालाई सुरक्षित, व्यवस्थित र सहज बनाउन नेपाल ट्राफिक प्रहरीले निकै सुधारात्कम कार्यक्रमहरु अघि सारेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक समिक्षात्मक कार्यक्रम आयोजना गरि सो कार्यहरु गरिइएको जानकारी दिएका हुन् । सवारी दुर्घटालाई न्युनिकरण गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी हुने विश्वास छ ।

पिक आवर व्यवस्थापनलाई ध्यान दिंदै सडक नियम पालनको लागि सडकमा प्रहरीको व्यवसायीक सक्रियतालाई बढाउँदै लगिएको कार्यलय प्रमुख तथा प्रहरी वरिष्ठ उपनिरीक्षक नवराज अधिकारीले बताए ।
उनले काठमाडौं उपत्यकामा विभिन्न सार्वजनीक तथा भाडाका सवारी साधनहरुले रुटपर्मीटको दुरुपयोग गर्दै जथाभावी पाकिङ्ग गर्ने गरिएको हुँदा त्यसलाई एकिकृतगरि बसपार्क प्रणाली अनुसार सञ्चालन गर्ने, सडक लेन अनुशासनलाई कडाई गर्ने, तीब्र गति, मदकपदार्थ सेवन, मोबाइल फोन प्रयोग तथा अन्य कार्यलाई निकै कडाई गरिएको बताए ।

प्रहरी उपरीक्षक तथा प्रवक्क्ता नरेश राज सुवेदीले तोकिएमा भाडा भन्दा बढि भाडा लिने, आरक्षण सिटको व्यवस्थापनलाई निगरानी गर्ने, सवारी यान्त्रिक परिक्षण गर्ने, प्रदुषण जाँच गर्ने, मोडिफाई गरिएका सवारी साधनलाई कडा कारबाही गर्दै आम नागरिक जनजीवनलाई सहज बनाउन व्यवस्थापकिय कुरामा ध्यानदिइएको उनले जानकारी दिए ।

उनले अब एउटै कसुमा पाँच पटक भन्दा बढि कारवाहीमा परेमा सवारी चालक अनुमतीपत्र निलम्बनको लागि यातायात व्यवस्था विभागलाई शिफारिस गर्ने र हालसम्म ३१ वटालाई कारवाहीको लागि विभाग पठाइएको जानकारी दिए । अब सार्वजनकि यातायातमा अनिवार्य सिसि क्यामेरा अनिर्वाय जडान गर्नुपर्ने पनि समेत बताए ।\

आर्थिक वर्ष २०८०/८१मा १० लाख पाँच हजार ५ सय एक सवारीलाई ट्राफिक कारबाही गर्दा रु. ७२ करोड ५९ लाख ९५ हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ६२ हजार ५ सय सन्तानब्बे जनालाई कारवाही गर्दा .३९ करोड ३७ लाख ७७ हजार ६ सय ३९ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा ३ खाख ७३ हजार ५ सय ६२ सवारीलाई कारवाही गर्दा २६ करोड १९ खाल ३१ ह्जार १ सय ७७ रुर्पयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्