राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित
काठमाडौं, २४ बैशाख। राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित भएका छन् ।
वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराज सम्मानित भएका हुन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्मानित गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकारित सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारहरूले दशकौंदेखि कलमका माध्यमबाट समाजलाई देखाएको बाटो र पुर्याएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको बताएका थिए ।
राष्ट्रपति पौडेलले पुरस्कृत पत्रकारहरूको साधनाले नयाँ पुस्ताका पत्रकारहरूलाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लागिरहन सधैं उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।











प्रतिक्रिया दिनुहोस्