गैंडाको खागसहित तीन जना पक्राउ

काठमाडौं, २३ बैशाख । गैंडाको खागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्‍ठसमेत तीन जना रहेको प्रहरीले बताएको छ ।

दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग उनीहरुबाट बरामद भएको प्रहरीले बताएको छ ।

मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा खाग फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्