सभापति गगनकुमार थापाले पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँग भेट्दै
काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दैछन् ।
काँग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए ।
स्रोतका अनुसार कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने सम्भावना छ । यद्यपि भेटको समय र स्थान भने औपचारिक रुपमा खुलाइएको छैन ।
कोइरालासँग थापाले एक्लै भेट्ने र खड्कासँग उपसभापति विश्वप्रकाश शर्मासहित भेट्ने स्रोतले जनायो ।
सअघि ६ वैशाखमा सभापति थापाले गल्फुटारस्थित निवास पुगेर खड्कासँग भेटघाट गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्