प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै सभामुख डोलप्रसाद अर्याल

काठमाडौं, २१ बैशाख । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

बैठक आज दिउँसो १२ बजे सिंहदरवारमा बस्ने सभामुखको सचिवनलयले जनाएको छ ।

प्रतिनिधिसभामा रहेको ६ वटा पार्टीका संसदीय दलको नेताहरुलाई बैठकमा बोलाईएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकलाई सभामुखले छलफलमा बोलाएका हुन् । आजको बैठकमा संसद र विभिन्न विषयगत समितिहरुको विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्