राष्ट्रपति पौडेलले गरे नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी
काठमाडौं, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३ जारी गरेका हुन् ।
यसअघि राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।
राष्ट्रपति कार्यालयबाट १७ वैशाख ९बिहीबार० सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३, सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३ जारी भएको थियो ।
त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश २०८३ जारी भएको थियो ।
९१९ वैशाख, शनिबार० भने एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ शनिबार दिउँसो जारी भएको हो ।
त्यस्तै आइतबार आज केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८३ जारी गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्