आज पनि सुनचाँदी दुबैको मुल्य घट्यो, कतिमा हुँदै छ कारोबार
उकाठमाडौं, १७ बैशाख । नेपाली बजारमा आज (बिहीबार) पनि सुन चाँदी दुबैको मुल्य घटेको छ।
मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
बुधबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला चार हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।











प्रतिक्रिया दिनुहोस्