आज पनि धेरै स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १७ र्बशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर बादल लागेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशको हिमाली भूभागमा साधारणता बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्