धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हेमराज जोशी नियुक्त

काठमाडौं, १३ बैशाख । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्।

संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशिलाई सो पदमा जोशीलाई नियुक्त गरेको हो।

संस्थाले उनलाई सो पदमा वैशाख १४ गतेदेखि लागू हुने गरी नियुक्त गरेको संसथाले जनाएको छ । यसअर्घि कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाइ कामु सीईओको जिम्मेवारी दिएको थियो ।

अधिकृत जोशीले बैसाख १४ गते नै संस्थाको अध्यक्ष सिर्जना थापाबाट पद तथा गोपनियता सपथ लिई पदभार ग्रहण गरेका हु्न् । सपथ तथा पदभार ग्रहण कार्यक्रमको सञ्चालन कम्पनि सचिव मिन प्रसाद जोशीले गरेका थिए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीलाई सञ्चालकहरु वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, जीवन आचार्य, चेतनारायण सापकोटा तथा केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरुले खादा र अविर लगाएर स्वागत तथा सफल कार्यकालको शुभकामना प्रदान गरे।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृतको लघुवित्त क्षेत्रमा करिव २२ वर्षको कार्यअनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्