विश्व शान्तिको लागि साईकल यात्रा हुँदै, यात्रा केवल भौतिक दूरी पार गर्ने मात्र नभई मानवता, सहअस्तित्व र विश्व शान्तिको भावना फैलाउने प्रयासः सुप्रसिद्ध श्याल्पा रिन्पोछे
काठमाडौं । विश्व शान्तिको लागि साईकल यात्रा आयोजना हुने भएको छ ।
हाल विभिन्न देशहरुमा भईरहेको युद्ध तथा गोलाबारी विरुद्ध विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले काठमाडौं महाकाल तथा लुम्बिनीस्थित महासिद्ध पिस स्यान्क्युअरी The Universal Peace Sanctuary ले २०८३ वैशाख १५देखि चारदिने विशेष साइकल यात्रा आयोजना गरेको हो ।
‘शान्तिका लागि साइकल यात्रा’ भन्ने मुल मन्त्र नाम दिइएको यस अभियानमा १ सय ८ जना साइकलयात्री सहभागी हुने पत्रकार सम्मेलनमा जानकारीदिइयो । यसका लागि सबै तयारी पूरा भईसकेको सुप्रसिद्ध श्याल्पा रिन्पोछले बताउनुभयो । उहाँले यात्रा काठमाडौंको भगवान बुद्धको पवित्रस्थल श्वयम्भुमा औपचारिक कार्यक्रम बैशाख १५ गते आर्थात अप्रिल २८ मा उद्घाटन भई ४ दिनमा लुम्बिनीसम्म पुग्ने जानकारी दिनुभयो । उहाँले समापन कार्यक्रम बैशाख १९ गते बुद्ध पूर्णीमाको दिन हुने बताउनुभयो ।
लुम्बिनीमा यात्रा मार्ग काठमाडौं → हेटौंडा → नारायणघाट → कावासोती → दाउन्ने → भैरहवा → लुम्बिनीसम्म पुग्ने जानकारी दिनुभयो ।
विश्वका विभिन्न भागमा जारी युद्ध र द्वन्द्वको सन्दर्भमा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउृँदै मानव कल्याण, अहिंसा, सहअस्थित्व स्थापित गर्ने उद्देश्यले यो यात्रा आयोजना गरिएको रिन्पोछले बताउनुभयो ।
बुद्ध पूर्णीमाको दिन लुम्बिनीमा माया देबी मन्दिर दर्शन, बोधिवृक्षमुनि ध्यान, विश्व शान्तिका लागि विशेष प्रार्थना, दीप प्रज्वलन, अर्काे दिन ध्यान कार्यक्रमका साथै श्याल्पो तेन्जिन रिम्पोछेद्वारा लिखित पुस्तक “The Path to Perfect Freedom” को नेपाली अनुवाद पूर्णमुक्तिको मार्ग मिमोचन गर्ने कार्यक्रम भएको उहाँले बताउनुभयो ।
श्याल्पा रिन्पोछेले ४० औं वर्षदखि United nations, World Economic Forum, White House जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बुद्ध, लुम्बिनी र विश्व शान्तिको सन्देश प्रवाह गर्दै आउनुभएको छ । उहाँले साईकल यात्रा केवल भौतिक दूरी पार गर्ने अभियान मात्रै नभई, मानवता, सहअस्तित्व र विश्व शान्तिको भावना फैलाउने प्रयास भएको बताउनुभयो ।
यात्रामा सहभागि हुनका लागि रु.२५ सय रजिष्ट्रेशन फि लाग्ने र खाना, बस्न, टिसर्ट उपलब्ध, मेडिकलका साथै आवश्यक सम्पूर्ण व्यवस्थापन संस्थाले नै व्यहोर्ने उहाँले बताउनुभयोे । यसका लागि नेपाल पर्यटन बोर्ड र अन्य कर्पाेरेट कम्पनीको सहयोग रहेको उहाँको जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण महासिद्ध पिस स्यान्क्युअरीका सुभेच्छुक राजु बस्यालले गर्नु भएको थियो ।











प्रतिक्रिया दिनुहोस्