दीपेन्द्रको अर्धशतकप्रेरित नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
काठमाडौ, १२ बैशाख । आइसिसी क्रिकेट विश्वकप लिग –२ मा युनाइटेड अरब इमिरेट्सविरुद्ध २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकप्रेरित नेपालले ४८.२ ओभरमा १० विकेट गुमाउँदै उक्त लक्ष्य दिएको हो । नेपालले सबै विकेट गुमाएर २०० रन बनाएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हो ।
नेपाल र यूएई एसोसिएट्सका चीर परिचित प्रतिद्वन्द्वी हुन्। दुई टोलीबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेलमा सफलता प्राप्त गरेको छ।
नेपालको उच्च स्कोर २६९ रहँदा यूएईले भने नेपालविरुद्ध ३१० रन बनाएको थियो। कम स्कोरको कुरा गर्दा नेपालले यूएईलाई २०२३ मार्च १२ मा ७१ रनमै अलआउट गराएको थियो भने यूएईविरुद्ध १०३ नेपालको कम स्कोर रहेको छ। उक्त खेल २१ मार्च २०२२ मा यूएईमा भएको थियो।
शीर्ष छ भित्र पुग्न नेपालले दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने छ।
यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ।











प्रतिक्रिया दिनुहोस्