पूर्वविद्यार्थी र प्राध्यापक सांसद र विज्ञ भएपछि कान्तिपुर सिटी कलेजले गर्यो सम्मान
काठमाडौं, ६ बैशाख । काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले प्रतिनिधिसभाका सांसद र सरकारद्वारा विभिन्न ठाउँमा नियुक्त विज्ञ व्यक्तिलाई सम्मान गरेको छ ।
हालै क्याम्पसमा आयोजित एक विशेष समारोहमा केसीसी पूर्व विद्यार्थी समाजको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरु जगदीश खरेल ९दोलखा–१०, सचेतक प्रकाशचन्द्र परियार, नेपाली कांग्रेसको तर्फबाट इलाम–१ बाट निर्वाचित निश्कल राईका साथै प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहाल, प्रधानमन्त्रीका फोटोग्राफर विनय शाक्य, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा। सुरेश प्रसाद आचार्यलगायतलाई क्याम्पसले सम्मान गरेको हो । खरेलले दोलखाबाट र राईले इलामबाट प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । खरेल सो क्याम्पसका विद्यार्थी हुन् भनें राइले केही समय अध्यापन गराएका थिए । दाहाल र शाक्य क्याम्पसका पूर्वविद्यार्थी हुन् । उनीहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको आमसञ्चार तथा पत्रकारिता विभागका को–अर्डिनेटर तथा प्राध्यापक राजिव तिमिल्सिनाले बताए ।
क्याम्पसका प्रिन्सिपलसमेत रहेका पूर्व विद्यार्थी राजु कट्टेलको सभापतित्वमा भएको कार्यक्रममा प्रिनिस्पल कट्टेल, क्याम्पसका अध्यक्ष डा।प्रल्हाद कार्की, पत्रकारिताका प्राध्यापक रामाकृष्ण रेग्मीलगायतकले उनीहरुलाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिए । उनीहरुले क्याम्पस पढ्दा र पढाउँदाको अनुभव पनि सुनाएका थिए । यो क्याम्पस २६ वर्षअघि स्थापना भएको हो । शुभकामना र बधाई दिँदै क्याम्पसको तर्फबाट शुभकामना दिने सबैले सँगै काम गरेको र यही क्याम्पसमा पढेका विद्यार्थीले महत्वपूर्ण जिम्मेवारी पाउँदा आफूहरु अत्यन्तै धेरै खुशी भएको बताएका थिए ।
आचार्य १५ महिनाअघि आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । क्याम्पसले आफ्ना विद्यार्थी र सहकर्मी कतै निर्वाचित भए, पुरस्कृत भए वा अन्य अवसर पाए सम्मानपत्र दिँदै बधाई ज्ञापन गर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्