रास्वपाको सचिवालय बैठक आज बस्दै, कार्यविधि मस्यौदा लगायत विभिन्न एजेण्डा

काठमाडौं, ६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि आधा दर्जन बढी एजेण्डा तय गरिएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा छलफल हुनेछ ।

यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, योजनाहरू आह्वान र विविध जस्ता एजेन्डा पनि तय छन् ।

विविधमा पनि प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक र संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्