कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालय पुग्यो
काठमाडौं, २ बैशाख । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानविन लागि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालय पुगेको छ ।
पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहनेछ ।
गत भदौ २३ र २४ गते जेनजी आन्न्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले कार्कीको नेतृत्वमा ५ असोज २०८२ मा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी थिए ।
आयोगले २४ फागुन २०८२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले नै यो प्रतिवेदन सार्वजनिक गर्ने भनेको थियो ।
आयोगले गरेका कतिपय सिफारिस वर्तमान सरकारले कार्यान्वयनमा समेत लगिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस भएको थियो ।
त्यसअनुसार दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अदालतको आदेशबाट दुवै जना रिहा भइसकेका छन् । अब संसद पुगेपश्चात संसदले के कसरी ग्रहण गछ्र्र भन्ने क्रा हेर्न बाँकी छ ।














प्रतिक्रिया दिनुहोस्