प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री शाहकी पत्नीको १९० तोला गरगहना

काठमाडौं, २९ चैत । । प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं को सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री शाहले आफ्नो अन्य सम्पत्ति विवरणमा फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गरेका छन् । यसका साथै काठमाडौँमा पाँच आना जग्गा रहेको पनि जनाइएको छ ।

पारिवारिक सम्पत्तिः धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी शाह (आमां) को नाममा रहेको उल्लेख छ ।

त्यस्तै महोत्तरीमा रामनारायण शाह (बुवां) को नाममा ९ बिघा जग्गा रहेको विवरणमा जनाइएको छ । सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।

सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्