सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

काठमाडौं, २९ चैत । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने भएको छ । उक्त ऐनको प्रारम्भिक मस्यौदा तयार पारेर सरकारले संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले उक्त विधेयक’ को प्रारम्भिक मस्यौदा तर्जुमा गरिसकेको जनाएको हो । विधायन ऐन २०८१ को दफा ९६० को उपदफा ९२० मा विधेयकको प्रारम्भिक मस्यौदा जनताको राय लिनका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यस अनुसार सार्वजनिक खरिद अनुगमनको कार्यालयले विधेयकको प्रारम्भिक मस्यौदा यही चैत २५ गते प्रकाशन गरेको छ । यस उपर वैशाख १ गतेसम्म राय र सुझाव संकलन गरिँदैछ ।

प्राप्त राय तथा सुझाव अनुसार मस्यौदामा केही हेरफेर गर्नुपर्ने भए गरेर मन्त्रालय हुँदै यो विधेयक मन्त्रिपरिषद् पुग्छ । मन्त्रिपरिषदबाट स्वीकृत पाएपछि मन्त्रालयले संसदमा पेश गर्छ । संसदले पास गरेर राष्ट्रपति कहाँ पठाउँने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्