प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै
काठमाडौंं, २७ चैत। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने गर्दै छन् ।
सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पन लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गर्ने भएका छन्।
मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए । यसका लागि राष्ट्रपति रामचन्द्र पौडललाई शिफारिष गरिसकेको छ ।
रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।














प्रतिक्रिया दिनुहोस्