राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दै

काठमाडौंं, २७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने हो ।

बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ जसले पाउँछ त्यही नै उपसभामुख निर्वाचित हुने पक्का छ ।
त्यसलै रास्वपाको साथ ठाकुरलाई भएकाले उनी उपसभामुख हुने निश्चत छ ।

प्रतिक्रिया दिनुहोस्