विश्वशान्ति महामैत्री सम्मेलन गरिँदै
काठमाडौँ, २५ चैत । बोधी श्रवण धर्म सङ्घले विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै यही चैत २६ देखि ३० गतेसम्म धार्मिक सम्मेलन गर्ने भएको छ ।
धार्मिक गुरु मैत्री केवलले मकवानपुरको हुप्राचौरमा ‘२१औँ विश्वशान्ति महामैत्री सम्मेलन गर्न लागेको जानकारी दिनुभयो।
विश्वशान्ति, मैत्रीभाव र मानवताको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
धार्मिक गुरु मैत्री केवलले धार्मिक सम्मेलनले द्वन्द्वका कारण मानव सभ्यता तथा संस्कृतिको विनास हुने हुँदा मानव समुदायबीच एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो।
सकारात्मक सोच, निस्वार्थ सेवा र मैत्रीभावद्वारा समाजमा शान्ति स्थापना गर्न सकिने उहाँले मानव समुदायमा बढ्दै गएको हिंसा तथा आतंक न्यूनीकरण गर्न लोभ, मोह, डाह, इर्श्या र घमण्डको अन्त्य गरी मैत्रीभावको विकास गर्नुपर्नेमा जोड दिनुभयो। धार्मिक साहित्यको वाचन गरिने कार्यक्रममा विश्वमा शान्ति, सहअस्तित्व र सहकार्य कायम रहोस् भन्ने कामना गरिने जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्