तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्छु: सभामुख अर्याल

काठमाडौं, २३ चैत। सभामुख डोलप्रसाद (डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव नगर्ने बताए । उनले सदनलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनको हुने समेत बताए ।

सदनबाट परिणाम प्राप्तिका लागि महत्त्वपूर्ण कानुन निर्माण परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले संसद्लाई निष्क्रियता नभई कार्यसम्पादनको थलो बनाउनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्