मञ्जुश्री ट्रेल रेस हुँदै
काठमाडौं– मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस हुने भएको छ । प्रतियोगिता अप्रिल १७ देखि १९ सम्म चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भए पूरा काठमाडौं घुमेर त्यहीं गएर टुंगिने छ । प्रतिस्पर्धामा १०० माइल्स, ८०, ५० , २० र १० किलोमिटर गरेर कुल पाँच स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगितालाई लिएर आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यो दौड एसियाली ट्रेल मास्टर्सको छनोट रहेको पनि जनाएको छ । यो दौड मञ्जुश्रीको धार्मिक तथा ऐतिहासिक कथासँग जोडिएको छ । यसको सम्बन्ध काठमाडौं उपत्यकाको उत्पतिसँग रहेको छ ।
यस प्रतियोगिताका उद्देश्य साहसी र वातावरणमैत्री खेलमार्फत पयर्टन प्रवर्द्धन गर्नु, नेपालको प्राकृति सौन्दर्य र ट्रेल विश्वसामु प्रस्तुत गर्नु, स्थानीय समुदायका धावकलाई सहयोग र सशक्त बनाउनु, स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्नु र काठमाडौंको वास्तकविक बनोटको अवलोक र परिचित गर्नु हुन् ।
त्यसैले यो केवल प्रतिस्पर्धा मात्र होइन्, दिगोपन र सचेतनाको अभियान पनि हो । पत्रकार सम्मेलनको अवसरमा आयोजकको अध्यक्ष नारायण आचार्य, रेस डाइरेक्टर आशिष मिश्र र एम्बेस्डर रसिला तामाङसँगै बोर्ड सदस्य जीवन लामा, सासा श्रेष्ठ र दीवकर शाहले जानकारी दिएका थिए ।














प्रतिक्रिया दिनुहोस्