कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं, २१ चैत । कलाकार सागर लम्साल पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।

उनीमाथि अमेरिकामा रहँदै आएकी संगम बिष्टले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।

यससँगै बलेमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्