दुई महिने निःशुल्क एड्भान्स ब्यूटिसियन ट्रेनिङ्ख सम्पन्न
काठमाडौं, १८ चैत। सक्षम नारी समाजले महिला सशक्तिकरणका लागि आयोजित दुई महिने निःशुल्क एड्भान्स ब्यूटिसियन ट्रेनिङ्ख सम्पन्न भएको छ।
बागमती प्रदेश सरकार जिल्ला सामाजिक कार्यालय ललितपुर भैंसेपाटीको सहकार्यमा आयोजित उक्त तालिममा सौन्दर्यकला सम्बन्धी पाठ्यक्रम अध्यापन गराइएको थियो।
समापन समारोहमा बागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्यले महिलालाई रोजगारी सिर्जना गर्ने योजनाका साथ व्यवसायिक सिप उपलब्ध गराउने नीति रहेको बताउँदै तालिम लिएका प्रशिक्षार्थीले यस क्षेत्रमा क्रियाशील रही आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो।
काठमाडौँ महानगरपालिका १४ वडा सदस्य अनिता नेपालीले व्यवसायिक सिप परियोजनाले लक्षित वर्गलाई लाभान्वित गर्न सकिने विचार व्यक्त गर्नुभयो।
महिला विकास अधिकृत चन्द्रकला ब्यन्जनकारले महिला आर्थिक रूपमा सक्षम भएमा घर परिवार तथा समाजिक विकासमा योगदान पुग्ने विश्वास प्रकट गर्नुभयो ।
संस्थाका अध्यक्ष गोमा बिडारी, सल्लाहकार सुशीलकुमार, प्रशिक्षक गंगा नकर्मी र पूजा लामा, समाजसेवी सुमन मैनालीलगायतले प्रशिक्षार्थीको सफलताको शुभकामना व्यक्त गर्नुभयो।















प्रतिक्रिया दिनुहोस्