सरकारका १०० कार्यसूचीः सार्वजनिक यातायातमा सीसीटीभी जडानको घोषणा

काठमाडौं, १६ चैत । सरकारले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडानको घोषणा गरेको छ ।

सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी जडानको घोषणा गरिएको छ ।

राइड–शेयरिङ एपहरूमा एसओएस बटम अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने घोषणा समेत सरकारले गरेको छ ।

सरकारले महिलाहरूको सुरक्षित आवागमन समुन्नत गर्न सातै प्रदेशमा निस्शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भनेको छ ।

पहिलो चरणमा १०० दिन भित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्