शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो
काठमाडौं । वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट खुलेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर आइतबार बिहानबाट दुईतर्फी खुलाइएको हो ।
राजमार्ग खुले पनि मौसमको प्रतिकूलतालाई ध्यान दिँदै यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
शुक्रबार साँझ ६ बजेदेखि बीपी राजमार्गको काभ्रे खण्डमा पर्ने रोशी–७ घुमाउनेडाँडा, रोशी–९ विरुवाडाँडा र चिउरीबास तथा रोशी–११ कालढुङ्गा र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
रोशी खोलाको बाढीले करिब साढे ५ किलोमिटर अस्थायी डाइभर्सन बगाएको थियो । बगाएका स्थानमा पुनस् अस्थायी डाइभर्सन बनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्