यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमााडौं, १३ चैत। नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्रिपरिषद् राखेका थिए ।

उक्त बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसहितका निर्णय गरेको उनले बताए ।

उनका अनुसार दुई बुँदामा यसको कार्यान्वयनका चरण छुट्याइएको छ

।१।शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२।सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३।शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४।जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

प्रतिक्रिया दिनुहोस्