एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइयो, अध्यक्ष ओलीले सम्बोधन गर्ने
काठमाडौं, १२ चैत । नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।
प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।
उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।














प्रतिक्रिया दिनुहोस्