बालेन शाहले चैत १३ गते शुक्रबार मध्याह्न १२:३४ मा प्रधानमन्त्रीको शपथ लिने

काठमााडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ भव्य हुने भएको छ । उनले शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको हो।

प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्नेछन्।

फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको थियो। अब रास्वपाले एकल सरकार बनाउँदैछ।

प्रतिक्रिया दिनुहोस्