यान्त्रिक अवस्था ठिक नभएका ३७ सवारी साधनका चालकलाई ट्राफिक प्रहरीको कारबाही

काठमाडौं, ३ चैत । यान्त्रिक अवस्था ठिक नभएका ३७ सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
प्रहरीले आज काठमाडौंको कलंकी ढुङ्गेअड्डामा गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ३७ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
५५ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३७ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौंको कलंकी ढुङ्गेअड्डा क्षेत्रमा आज खटिएको थियो ।
नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्